चितवन विशेष

जापान जान सेन्ट्रल कलेजका ३ सय बढि विद्यार्थीले एकैपटक न्याट टेष्ट परीक्षा दिए

Banner

चितवन,साउन २१-

सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि चितवनबाट उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३ सय विद्यार्थीहरुले एकैपटक न्याट टेष्ट परीक्षा दिएका छन् । आज (शनिवार) भरतपुर ओरालोमा रहेको एनपिआई कलेजमा विद्यार्थीले परीक्षा दिएका हुन् ।

न्याट टेष्ट परीक्षा जापानका युनिभर्सिटी, कलेज, स्कूल र इमिग्रेशन तथा एम्बेस्सीको मापदण्ड पुरा गर्न यो परीक्षा लिने गरिन्छ । यो टेष्ट दिएका विद्यार्थीलाई जापान जान सजिलो हुने सेन्ट्रल कलेज अफ भोकेशनल टेनिङ प्रा.लि का प्रिन्सिपल यज्ञ विलाश पौडेल (वाइबी) ले जानकारी दिनुभयो ।

‘न्याट टेष्टलाई जापानका युनिभर्सिटी कलेजले पनि प्राथमिकतामा राखेका छन्,पौडेलले भन्नुभयो’,यो परीक्षामा सेन्ट्रल कलेजले विगत १० बर्षदेखि विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।’

सेन्ट्रल कलेजमा भाषा कक्षा लिएका विद्यार्थीहरुले बर्षैनी उत्कृष्ट नतिजा हाँसिल गर्दै आइरहेका छन् । राम्रो भाषाको ‘कक्षा लिएका विद्यार्थीहरुलाई जापानमा स्कलरसिप, ‘फि’ मा छुट र काम पाउन धेरै सजिलो हुन्छ’,पौडेलले भन्नुभयो ।

स्थापना कालदेखि नै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत धमाधम गरिरहेको छ ।

विभिन्न देशका कलेज, युनिभर्सिटीसंँग सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलिया, क्यानडा, युकेका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान पाउने बताउनुभयो । सेन्ट्रल कलेजले हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाई छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय संचालनमा ल्याएको जनाएको छ । यस्तै टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जानकारी दिएको छ । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

कलेजले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरेर विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा अन्य जिल्लाबाट चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने कलेजले जनाएको छ । प्रिन्सिपल पौडेलले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने घोषणा गर्नुभएको हो ।

कलेजले रक्तदान, लागु पदार्थ दुव्र्यसनी बिरुद्धका अभियान,ट्राफिक सचेतना,नेतृत्व विकास लगायतका कार्यक्रममा अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ ।

शहिदचोकको प्रेस मार्गमा मुख्य कार्यालय रहेको कलेजको सौराहा चोक, पर्सा, कावासोती नवलपुरमा सम्पर्क कार्यालय छन् । हाल १ हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेका छन् । आगामी बर्ष २०२३ को जनवरी तथा अप्रिल इन्टेकका लागि भर्ना खुल्ला गरिएको सेन्ट्रल कलेजले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>