चितवन विशेष

माल्टा पठाउने भन्दै लाखौं रकम लिएको आरोपमा ब्लु वर्डका संचालक बिरुद्ध पुनः चितवन प्रशासनमा निवेदन

Banner

चितवन, साउन २१–

जिल्ला प्रशासन कार्यालय चितवनमा ब्लु वर्ड ट्रेनिङ सेन्टर सञ्चालक नरेन्द्र कुँवर माथि पुनः निवेदन परेको छ । पीडित सुदाम सहनी सहित ९ जनाले विहिबार ठगी कसुरमा निवेदन दिएका हुन् ।

ब्लु वर्डबाट माल्टा पठाउने भन्दै ९ जनाबाट २४ लाख लिएको निवेदनमा लेखिएको छ । सुदाम रत्ननगर नगरपालिका वडा नं. ८ बागमारा निवासी हुन् । प्रशासनमा निवेदन परेसंगै जिल्ला प्रहरी कार्यालय चितवनले कुँवरलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । तर, फोन नउठेको प्रहरीले जानकारी दिएको छ ।

यो भन्दा पहिला २०७६ साल माघ १७ गते प्रशासनमा आधा दर्जन बढीको सहभागितामा ब्लु वर्डविरुद्ध निवेदन परेको थियो । भरतपुर महानगरपालिका–२७ का गुनाबहादुर गुरुङले निवेदन प्रशासनमा पेस गरेका थिए । जसमा गुरुङले माल्टाको लागि एक लाख २० हजार रुपैयाँ बुझाएको बताएका छन् ।

यस्तै मेघेन्द्र अधिकारीले दुई लाख, रामकृष्ण घिमिरेले दुई लाख, अशोक कुमार दुराले दुई लाख, सुरेश चौधरीले एक लाख ५० हजार, देव राज चौधरीले दुई लाख, जितेन्द्र चौधरीले एक लाख, कमलबहादुर थापा मगरले दुई लाख, अमित महतोले दुई लाख, सरोज महतोले दुई लाख रुपैयाँ बुझाएको बताएका छन। जुन रकम अहिलेसम्म नपाएको पीडितहरुको भनाइ छ ।

कुँवरले भरतपुर १० रिजाल चोकदेखि पश्चिम तर्फ ब्लु वर्ड ट्रेनिङ सेन्टर खोली धेरैलाई माल्टा पठाउने भनि लाखौं रकम लिएको आरोप लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>