राजनीति

जापान पुगे अध्यक्ष प्रचण्ड

Banner

काठमाडौं,साउन २१-

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन् ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डका अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>