मनोरञ्जन

इन्गेजमेन्ट गरेका जोडी गायिका मेलिना र सञ्जीवको ‘ब्रेकअप’

Banner

काठमाडौँ, साउन २०–

चर्चित गायिका मेलिना राई र गितारिष्ट सञ्जीव बराईलीको ‘ब्रेकअप’ भएको छ ।

विवाहको तयारीमा रहेको यो जोडीले आज ‘ब्रेकअप’ भएको जनाएको छ । केहीदिन अघि गायिका मेलिनाले इन्गेजमेन्टको तस्विर सार्वजनिक गर्दै छिट्टै विवाह गर्न लागेको जानकारी गराएकी थिइन् । तर आज एक लामो फेसबुक स्टाटस लेख्दै सम्बन्ध तोडिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

विषयः Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबैEngagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको Engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>