चितवन विशेष

जिससको जग्गामा माओवादी निकट कर्मचारी संगठनले भवन बनाएको भन्दै अनेरास्ववियु चितवनको विरोध

Banner

चितवन, साउन २०–

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चितवनले जिल्ला समन्वय समिति (जिसस) चितवनको भवन कब्जा गरेर कर्मचारी संगठनले भवन निर्माण गरेको भन्दै विरोध जनाएको छ ।

अनेरास्ववियुले शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई विरोधस्वरुप ज्ञापन पत्र समेत बुझाएको छ । जिल्ला संयोजक अमित गुप्ता, विद्यार्थी नेताहरु निशा अधिकारी, प्रकाश आचार्य, स्वरुप सुयाँल, हरि आचार्यसहितको टोलीले प्रजिअ तामाङलाई ज्ञापन पत्र बुझाएको हो । उनीहरुले सार्वजनिक जग्गा संरक्षणको दायित्व प्रशासनको समेत भएको भन्दै एक साता भित्र निर्माण कार्य रोक्न अल्टिमेटम दिएका छन् । निर्माण कार्य रोक नलगाए अनेरास्ववियु चितवनले कडा भन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

भरतपुर महानगरपालिका–१०, स्थित जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कित्ता नं.१९५९ को जग्गामा नेकपा (माओवादी केन्द्र) निकट कर्मचारी संगठनले भवन निर्माण गरिरहेको छ । सोही विषयलाई लिएर जिल्ला समन्वय समितिले चितवन जिल्ला अदालतमा रिट समेत दायर गरेको थियो । सो सम्बन्धमा अदालतले सो जग्गामा कुनै पनि किसिमका निर्माण कार्य नगर्नु/नगराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ । तर अदालतको आदेशको समेत अवज्ञा गर्दै निर्माण कार्य जारी रहेको भन्दै अनेरास्ववियुले विरोध जनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>