चितवन विशेष

सेतीदेवी सामुदायिक वनबाट सिसौँको काठ बरामद

Banner

चितवन, साउन २०–

भरतपुरका एक सामुदायिक वनले अवैध रुपमा सङ्कलन गरेको काठ डिभिजन वन कार्यालय चितवनले बरामद गरेको छ ।

भरतपुर–१६ मा रहेको सेतीदेवी सामुदायिक वनले इजाजत बिनै सङ्कलन गरेको करिब २८० क्यु फिट ९४ थान सिसौँको गोलीया काठ वन कार्यालयले बरामद गरेको हो । असार १६ गते लिखितरुपमा उजुरी परेपछि डिभिजन वन कार्यालयले असार १७ गते काठ बरामद गरेको सूचना अधिकृत एवं सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिनुभयो । लिखित उजुरी परेपछि कार्यालयले अनुसन्धान गर्दा काठ सङ्कलन गर्न कुनै पनि निकायबाट अनुमति लिएको नपाएपछि सबुत सुरक्षित गर्न सिसौँका काठ बरामद गरिएको खनालले बताउनुभयो ।

उता सेतीदेवी सामुदायिक वनका अध्यक्ष सुकमान घलेले नारायणी नदीले कटान गरेर ढलाएको रुखहरु काटेर संरक्षण गरिएको बताउनुहुन्छ । नदी तटबन्ध भइरहेको ठाउँ नजिक सामुदायिक वनका रुखहरु ढलेका कारण कारण राखिएको तर काट्नु अघि अनुमति नलिएको घलेले बताउनुभयो । डिभिजन वन कार्यालय चितवनले सेतीदेवी सामुदायिक वनका पदाधिकारीलाई कार्यालयमा हाजिर हुन भनि असार १९ गते पत्रसमेत काटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>