चितवन विशेष

चितवनका उद्योगीहरुलाई मार्केटिङ्गको आवश्यकता बारे अभिमुखीकरण

Banner

चितवन, साउन १९–

चितवन उद्योग संघको आयोजनामा ‘उद्योगमा मार्केटिङ्गको आवश्यकता’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २० वर्षदेखिको क्यानडाका विश्वविद्यालयहरुमा मार्केटिङ्ग विषयमा अध्यापन गराउँदै आउनु भएका प्रा.डा.तुलसी धरेलले उद्योगमा मार्केटिङ्गको आवश्यकता विषयमा प्रशिक्षण गराउनु भएको थियो । उहाँले मार्केटिङ्ग किन र के को लागि, मार्केटिङ्गमा जे छ त्यहि बेच्ने कि जे चाहिन्न्छ त्यहि बेच्ने, मार्केटिङ्ग भित्र के–के चिजहरु पर्दछन् ? मार्केटिङ्गले उद्योग व्यवसायमा कस्तो प्रभाव पार्दछ ? मार्केटिङ्ग कसरी गर्न सकिन्छ ? उद्योग, व्यवसायका लागि मार्केटिङ्ग किन आवश्यकता ? भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा डा.नारायण सिंह कुवँर, बोधराज लम्साल, पुरुषोत्तम रिजाल, अश्विन गोले, तीर्थ सुवेदी लगायतका उद्योगीहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो । उद्योगीहरुबाट आएका सुझावहरुलाई कार्यक्रमका प्रमुख स्रोत व्यक्ति प्रा.डा.धरेलले प्रष्ट्याउनु भएको थियो ।

चितवन उद्योग संघका प्रशासकीय अधिृकत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको अभिमुखीकरण कार्यक्रमलाई संघका उपाध्यक्ष एवम् नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन विभागका संयोजक युग राज वस्तीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>