Breaking News

इन्जिनमा धुवाँ देखिएपछि आपतकालीन अवतरण गरियो काठमाडौंबाट नेपालगञ्जका लागि उडेको जहाज

Banner

काठमाडौँ, साउन १९-

नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको (एन-एएनएफ) जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गरिएको हो ।

जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए र हाल जहाज सुरक्षित अवतरण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>