चितवन विशेष

लैङगिक विभेद अन्त्य गर्नुपर्छः उपप्रमुख अधिकारी

Banner

चितवन, साउन १८–

भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले लैङगिक विभेदका कारण बालिकामा हुँदै आएको विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।

अभिभावक गुमाएका असहाय बालिकाहरुलाइ सरक्षण गर्दै आएको देबघाटस्थित रामजानकी बालिका आश्रमको ११औ साधारणसभामा बोल्दै उपप्रमुख अधिकारीले समाजमा ब्याप्त रहेको लैङगिक विभेदको अन्त्य नभएसम्म बालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसकिने पनि बताए । लैङगिक विभेदकै कारण पारिवारिक यातना, घरेलुु हिंसा, उपयुुक्त शिक्षाको अभाव, सामाजिक दृष्टिकोण, दाइजो प्रथा लगाएतका कु सँस्कारले गर्दा बालिकाहरुले जीवनभर यातना र दुःख झेल्नुपर्ने समस्या यथावत रहेको उनको भनाई थियो ।

समाजले बालिकालाई हेर्ने नजरमा कन्जुस्याइँ गर्न नहुने भन्दै उप–प्रमुख अधिकारीले बालिकालाई रास्ट्रको सुयोग्य नागरिकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले आश्रमको निर्माणकार्यको अन्तिम चरणमा पुगेको भवनको लागि महानगर सहयोग गर्न तयार रहेको पनि बताए । उनले दक्षताका आधारमा २ जना बालिकालाई महानगरमा रोजगारी दिने समेत दिने प्रतिबद्धता जनाए ।

लोक कल्याण सेवा प्रतिस्ठानद्वारा संचालित सो आश्रमको भवन निर्माण समितिका संयोजक केदारनाथ तिमिल्सिनाका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवन सहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन निर्माणको क्रममा छ । किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । केही रकम भरतपुर महानगरपालिकाले दिँदै आएको छ । कार्यक्रममा आर्थिक तथा सामाजिक प्रतिबेदन पनि प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा संस्थाका जिल्ला संयोजक गुणराज दाहाल,भवन निर्माण समितिका संयोजक केदारनाथ तिमिल्सिना, भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विसं २०६८ मा आश्रम दर्ता भएको आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । आश्रममा चार वर्षदेखि १८ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । स्थानीय सिताराम सँस्कृत माबिमा ३२ जनाले अध्ययन गरिरहेका छन् भने १ जना वीरेन्द्र बहुमुखी क्याम्पसमा र एक जना गैंडाकोटमा रहेको कालिका सँस्कृत गुरुकुलमा अध्ययनरत छन् । आश्रममा २३ जिल्लाका असहाय बालिकाहरुले आश्रय लिइरहेका छन् ।

दिनको समयमा विद्यालय र कलेज जाने बालिकाले साँझ र बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण लगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने गर्दछन् । संस्थामा हाल सम्म ७७ जना बालिकाको आगमन भएको र ती मध्ये ४३ जनालार्इ परिवारमा पुनर्मिलन गराइसकेको छ भने ३४ जना बालिका आश्रमको सरक्षणमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>