Breaking News

पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि समायोजन गर्न सक्दैनौँः नेपाल आयल निगम

Banner

काठमाडौं,साउन १८-

नेपाल आयल निगमले अहिलेलाई पेट्रोलियम पदार्थको भाउ यथावत् राख्ने बताएको छ । निगमले विज्ञप्ति निकालेर भारतीय आयल निगम (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि अझै घाटामै रहने भन्दै मूल्य समायोजन नगर्ने बताएको हो ।

निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत् राखिएको उल्लेख छ । गएको सोमवार भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ र डिजल १२ रुपैयाँले घटेर आएको थियो ।

मूल्य घटेर आएपछि अहिले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा रहेको तर डिजलमा नौ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

आजै आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>