Breaking News

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Banner

चितवन, साउन १८–

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको  वीरेन्द्र चोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार आज दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ ख ५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीय रमिता तामाङको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी घटनामा स्कुटर चालक सोही ठाउँका २८ वर्षीय सुशिल कुँवरको हात र खुट्टामा चोट लागेको छ । मृतक रमिता कुँवरको श्रीमती रहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी टोली खटी गई ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएका छन् । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>