देश/प्रदेश
तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल लागू औषध सहित तीन जना प्रकाउ
०

काठमाडौँ, साउन १८
काठमाडौंबाट तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गर्ने तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश २ –०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षका सुभाष राय यादव, सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>