चितवन विशेष
चितवनमा भ्रष्टाचार र महंगीको बिरोधमा राप्रपाको प्रदर्शन
०

चितवन,साउन १८-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा भरतपुरमा विरोध प्रदर्शन गरेको हो। भरतपुरको रिजाल चोकदेखि चौविसकोठी सम्म र्याली निकालेर विरोध प्रदर्शन गरिएको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो ।
प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाधेका थिए। राप्रपाका विभिन्न भ्रातृ संगठनको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा संवैधानिक राजसंस्था कायम गर्न माग गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>