देश/प्रदेश
एनआईसी एशिया बैँकद्वारा दर्जन बढी कर्मचारी माग
०

चितवन, साउन १८-
एनआईसी एशिया बैँकले दर्जन बढी पदमा कर्मचारी माग गरेको छ ।
बैँकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको जनाएको हो ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैँकिङको अभ्यास गर्दै आइरहेको बैँकले डिजिटल बैँकिङ, मार्केटिङ, आईटी, ब्लगर, भ्लगरलगायत दर्जन बढी पदमा कर्मचारीहरु माग गरेको छ । जसमा काठमाडौँभित्र र बाहिर गरी सिनियर अफिसरदेखि जुनियर अफिसर र सामाजिक मिडिया क्षेत्रमा मार्केटिङ गर्ने व्यक्तिसम्म रहेका छन् । यसका लागि इच्छुकले बैंकको वेबसाइट लग इन गरेर आगामी भदौं १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैँकले गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>