देश/प्रदेश

राष्ट्रपति भण्डारीले गरिन मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

Banner

काठमाडौँ, साउन १८-

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्‍था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।

बुधबार राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको हो ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्टपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>