देश/प्रदेश
ललितपुरको पुल्चोकमा मृत फेला परे मःम पसल सञ्चालक
०

काठमाडौँ, साउन १८-
ललितपुरको पुल्चोकमा एक पुरूष मृत फेला परेका छन्।
पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरूष मृत फेला परेका छन् । आज बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा उनको शव फेला परेका हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीका अनुसार पुल्चोक क्षेत्रमा उनी कुमार भनेर चिनिन्थे र उनको मःम पसल छ।
अहिले प्रहरीको टोली घटनास्थलमा छ र मुचुल्का उठाएर शवको पोष्टमर्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>