देश/प्रदेश
जबर्जस्ती करणी गरेको आरोपमा आफ्नै श्रीमान विरुद्ध उजुरी
०

रुपन्देही, साउन १८-
रुपन्देहीमा एक महिलाले आफ्नै पतिले बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी छिन् । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध आफ्नै श्रीमतीले लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर गत मंगलवार किटानी जाहेरी दिएकी हुन्।
डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।
आफ्नै पत्नीलाई समेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ । त्यस्तै उजुरीका अनुसार अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>