अन्तर्राष्ट्रिय

अपरेशन जरब-ए-अज्ब: पश्तूनहरूका लागि दुःस्वप्न

Banner

काबुल, साउन १८-

लामो समयदेखि पाकिस्तानले अफगानिस्तानमा अस्थिरताको भूमिका खेलेको छ।

अफगान डायस्पोरा प्रकाशनको लागि लेख्दै, हमिद पाकटिनले अफगानिस्तानमा पाकिस्तानी सेनाको संदिग्ध भूमिका देखाउने अपरेशन जरब-ए-अज्बको सम्झना गरे।

पाकिस्तानी सेनाले २०१४ मा पाकिस्तान र अफगानिस्तानको सीमामा रहेको उत्तरी वजिरिस्तान, पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एक क्षेत्र, विभिन्न आतंकवादी समूहहरूलाई लक्षित गर्दै अपरेशन जरब ए अज्ब सुरु गरेको थियो । हुन त यो अपरेसनलाई पाकिस्तानले सफलता मानेको थियो । तर यसै अपरेसनका कारणले भएको क्षतिको कारण एक लाख भन्दा बढी मानिसहरू, प्रायः पश्तूनहरूले आफ्नो घर गुमाएका थिए र अलपत्र परेका थिए, पक्टिनले लेखे। पाकिस्तानी सरकारले आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) को पुनर्स्थापनालाई घरेलु मामिलाको रूपमा सामाजिक(आर्थिक उथलपुथललाई सम्बोधन गर्न कुनै विदेशी सहयोग नलिन आग्रह गर्यो।

विस्थापित व्यक्ति (आईडीपी) लाई अमेरिका र संयुक्त अरब इमिरेट्सले ५० मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए ।

पाकिस्तान सरकारले सबै विस्थापित परिवारहरूलाई ८० मिलियन अमेरिकी डलर सहयोगको घोषणा पनि गरेको छ र आवश्यक परेको ठाउँमा राशन र यातायात खर्च पनि उपलब्ध गराइने बताएको थियो ।

तर, सार्वजनिक वितरण योजनामा भएको भ्रष्टाचार र कोषको दुरुपयोगका कारण धेरैले पाकिस्तानबाट सहायता पाएका छैनन्।

पाकिस्तानी अनुसन्धान समितिहरूले चिनियाँ सहयोग र बेल्ट एण्ड रोड इनिसिएटिभ  (बीआरआई) मा आर्थिक सहयोगमा मूल पूर्वाधार निर्माणका लागि रकम दुरुपयोग भएको पत्ता लगाए।

लेखमा भनिएको छ कि पश्तूनहरू पाकिस्तानमा दोस्रो ठूलो जातीय समूह हो, र छिमेकी अफगानिस्तानमा सबैभन्दा ठूलो समूह हो, यद्यपि जनसंख्याको ज्ञछ प्रतिशत भन्दा बढी भए पनि तिनीहरू आर्थिक रूपमा पछाडि छन्।

पाकिस्तान र अफगानिस्तान बीच पश्तूनहरूको विभाजन र इस्लामाबाद र काबुलबीचको सम्बन्धले पनि पाक अफगान सम्बन्धलाई तितो बनाएको छ। पाकिस्तानले बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तहरूलाई अभिन्न रूपमा नदेखेमा यस्तै अवस्थाहरू उत्पन्न भइरहनेछन् र दुर्गम क्षेत्रहरू लक्षित भ्रष्टाचार र शोषणबाट थप असन्तुष्ट हुनेछन्, हमिद पाकटिनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>