Breaking News

नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ९ः१० बजेदेखि सूचारु

Banner

चितवन, साउन १८-

नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु भएको छ । भरतपुर महानगरपालिका २९, मौरी खोलाको पहिरो पन्छाएपछि सडक सूचारु भएको हो । लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड गयराती पुनः अवरुद्ध भएको थियो । गयराति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध हुँदा यात्रुले झनै सास्ती खेप्नु परेको थियो। सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेको हो ।

पहिरो पन्छाएर आज विहान ९ः१० बजेबाट यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनले सडकखण्डमा सवारीसाधनको लामो लाइन रहेकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न सबैलाई अनुरोध गरे । सोही ठाउँमा सोमबार राति ११ बजे ठूलो पहिरो खस्दा मंगलबार राति ९ः४० बजेको समयमा मात्रै दुईतर्फी संचालनमा ल्याईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>