चितवन विशेष
राप्ती किरनटारका सन्तबहादुरको घर पहिरोको जोखिममा परेपछि सात जनाको स्थानान्तरण
०

चितवन, साउन १७-
राप्ती नगरपालिका–१० किरनटारका सन्तबहादुर चेपाङको घर पहिरोको जोखिममा परेको छ ।
आज दिउँसो वर्षात्को कारण घर नजिकै पहिरो गई सो घर बस्न जोखिममा परेको भन्दै घरमा रहेका सबैलाई प्रहरीले स्थानान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार मानवीय चौपाय क्षति नभए पनि सन्तबहादुर चेपाङको घरमा बसोबास गर्न जोखिम भएकोले तत्कालको लागि आफन्त राजन प्रजाको घरमा परिवारका सबै सात जनालाई स्थानान्तरण गरिएको छ । सो स्थान भण्डारा प्रहरी कार्यालयबाट १७ किलोमिटर उत्तरमा पर्ने सो ठाउँमा पहिरोको कारण अन्य घर क्षति तथा जोखिम नभएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>