चितवन विशेष

चितवनका उद्योगी तथा व्यवसायीलाई मार्केटिङसम्बन्धी अभिमुखीकरण

Banner

चितवन, साउन १७-

चितवनका उद्योगी तथा व्यवसायीलाई टोरन्टो विश्वविद्यालय क्यानडाका प्राध्यापक. डा. तुलसी धरेलले मार्केटिङ क्षेत्रमा विश्वमा चलिरहेका नयाँ शैली र प्रक्रियाबारे अभिमुखीकरण गरेका छन् ।

अभिमुखीकरणमा उनले व्यवसायीले नाफा बृद्धि गर्नमाजोड नदिई वस्तु तथा सेवाको बिक्री वितरणमा केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा प्रस्तुतीकरण दिंदै प्रा. डा. धरेलले व्यापार वृद्विमा मार्केटिङको भूमिका, मार्केटिङ के हो र किन आवश्यक छ, मार्केटिङ भित्र के–के पर्दछन् भन्ने कुराका साथसाथै विश्व बजारमा मार्केटिङको भूमिकाको विषयमा जानकारी दिएका थिए । लामो समयदेखि क्यानडामा अध्यापन गराउँदै आएका डा. धरेलले बजारीकरणका अन्तराष्ट्रिय अभ्यासकाबारेमा समेत प्रस्तुतिकरण दिएका थिए । संघका सदस्य, विभिन्न वस्तुगत संघका सदस्यलगायत उद्यमी व्यवसायीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा मार्केटिङ र भावी मार्केटिङसम्बन्धी एक दिने सेमिनारमा वर्तमान परिप्रेक्ष्यमा बजारीकरणको अवस्था, यसको सम्भावना र प्रभावकारी बजारीकरणका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले सेमिनारको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योगबाट उत्पादित वस्तु तथा सेवालाई प्रभावकारी ढंगले क्रेतासम्म पु¥याउनमा व्यवसायीमा बजारीकरणको गहिरो ज्ञान हुनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा श्रेष्ठले व्यवसायलाई लामो समयसम्म निरन्तरता दिनका लागि बजारीकरणलाई सूचना प्रविधिस“ग जोडेर लैजानुपर्ने बताए । उनले वर्तमान विश्वव्यापीकरण तथा आार्थिक उदारीकरणको अवस्थामा ग्राहक संवेदनशिल र बजार जटिल बन्दै गएको बताउँदै विश्व बजारमा भएका परिवर्तनलाई आत्मासात गर्दैै व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षद्वय राजेन्द्र ओली, सिरिष पन्तलगायतउद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरु, युवाउद्यमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीलाई धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठीको आयोजना गर्दै आइरहेको बताउँदै आजको कार्यक्रमले सहभागीमा उर्जा थपेको बताए । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>