खेलकुद

१७ औं विश्व सोतोकन कराँते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहितको टोली जापान प्रस्थान

Banner

चितवन, साउन १७-

१७ औ विश्व सोतोकन कराँते च्यम्पियनसिपमा सहभागी हुन हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली जापान गएका छन् ।

सोतोकानका टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सद्स्यसचिव टंकलाल घिसिङ्ले बिदाइ गरेका हुन् ।

साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगितामा पुरुष ७० केजी मुनिको तौल समूहमा फणिन्द्रप्रसाद जंगम र महिला ५५ केजीमूनि अदिना थापाले नेपालको प्रतिनिधित्व गर्ने छन् भने टोली प्रमुखमा नेपाल सोतोकान कराँते संघका प्रमुख प्रशिक्षक एवम् अध्यक्ष हेमकुमार श्रेष्ठ र व्यवस्थापाकमा लीलाराज डाँगी रहेका छन् । यस नेपाल सोतोकान कराँते संघबाट अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन प्रतियोगिता तालिमलगायत कार्यक्रममा सक्रियरुपमा सहभागी हुँदै सफलतापूर्वक सञ्चालन गरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा देशको नाम तथा प्रतिष्ठा वृद्धि गर्न योगदान पु¥याउँदै आइरहेको सोतोकान कराते संघ केन्द्रका केन्द्रीय उपाध्यक्ष दिपक खाँडले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>