राजनीति

वाग्मती प्रदेशको भौतिक मन्त्रालयद्वारा विना प्रतिस्पर्धा ६४ करोडको डीपीआर खरिद

Banner

मकवानपुर, साउन १७ –

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चार वर्षको अवधिमा ६४ करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको डीपीआर विना प्रतिस्पर्धा खरिद गरेको पाइएको छ ।

मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारीले टेण्डरमार्फत गर्नुपर्ने डीपीआर निर्माणको काम बजेटलाई टुक्रा पारेर खरिद गर्ने गरेको पाइएको हो । आर्थिक वर्ष २०७५र०७६ देखि आर्थिक वर्ष २०७७र०७८ सम्म मन्त्रालय र मातहतका कार्यालयले ६४ करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको डीपीआर खरिद गरेको हो ।

डीपीआर निर्माण गर्ने र कार्यान्वयन गर्न बाँकी रहेका डीपीआर हुँदाहुँदै फेरि अरु डीपीआर निर्माण गर्ने गरेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । तीन वर्षमा कमिसनकै लागि विना प्रतिस्पर्धा खरिद गरिएका २ सय डीपीआरलाई बजेट नै छुट्याइएको छैन ।

एउटै काममा मन्त्रालय र मातहका कार्यालयको दोहोरोपन पनि देखिएको छ । पहिलेका तीन वर्षमा निर्माण भएको तर कार्यान्वयन गर्न बाँकी २ सय वटा डीपीआर कार्यान्वयन भएपछि मात्र अरु डीपीआरका लागि बजेट छुट्याउनुपर्नेमा फेरि बजेट छुट्याएर डीपीआर निर्माण गरेकोमा महालेखाले प्रश्न गरेको हो ।

आर्थिक वर्ष २०७७र०७८ मा ४८ करोड ५३ लाख रुपैयाँ बजेट छुट्याएकोमा २४ करोड ३५ लाख २२ हजार रुपैयाँ मात्र खर्च गरेको छ । खर्च गरेको रकम मध्येमा धेरैजसो विना प्रतिस्पर्धा डीपीआर खरिद गरेको हो । खरिद गरेका डीपीआर धेरै कार्यान्वयनमा नै आएका छैनन् ।

डीपीआर निर्माण गर्ने र कार्यान्वयन नहुने अवस्थामा त्यस्ता खर्चको नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>