तनहुँ

तनहुँका नदीमा जलसतह बढ्यो

Banner

तनहुँ, साउन १७-

सोमबार रातिदेखि परेको वर्षाका कारण तनहुँका नदीहरुमा जलसतह बढेको छ ।

निरन्तरको वर्षाका कारण तनहुँको दमौलीस्थित मादीसेती, बन्दीपुरको विमलनगरस्थित मस्र्याङ्दी नदी र देवघाटस्थित नारायणी नदीमा जलसतह बढेको हो ।

मादीसेती, मस्र्याङ्दी र नारायणीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी तटीय क्षेत्रमा माछा मार्न, दाउरा निकाल्न नजान स्थानीय प्रहरी प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

देवघाटस्थित नारायणी नदीमा जलसतह सतर्कता केन्द्र नजिक पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता र नौ मिटरलाई खतराको तह मानिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>