अन्तर्राष्ट्रिय

अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षासँगै बाढी: बालबालिकासहित ३७ जनाको ज्यान गयो

Banner

एजेन्सी, साउन १७- 

अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा कम्तीमा पनि ६ जना बालबालिका रहेका बीबीसीले जनाएको छ । बाढीमा परेर १ सयभन्दा धेरै बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको खबरमा उल्लेख छ ।

कयौँ घर तथा भवनहरु डुबानमा परेका छन् । त्यहाँका १२ हजारभन्दा बढी घरमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ। सडक, पुल र अन्य पूर्वाधारमा भएका क्षतिको मर्मत गर्ने काम भइरहेको छ ।

केन्टकीका गभर्नर एन्डी बेसियरले बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ । उहाँका अनुसार पानी परिरहेकाले बाढीमा फसेकाहरुको उद्धार गर्न र उनीहरुलाई अत्यावश्य वस्तु उपलब्ध गराउन कठिनाइ भएको छ । बाढी प्रभावित क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>