खेलकुद

माल्दिभ्समा लिग जितेपछि किरणले टिमकै अगाडि प्रेमिकालाई विवाह प्रस्ताव गरे

Banner

काठमाडौं, साउन १७-

नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको छ ।

हिजो भएको फाइनलमा क्लव इगल्सलाई ५-० को फराकिलो अन्तरले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो ।

माजियाको जितमा महत्वपूर्ण भूमिका खेलेका किरणले यस सिजनकै सर्वोत्कृष्ट गोलकिपरको उपाधि पाए । प्रतियोगिताभरि प्रेरणादायी प्रदर्शन गरेका उनले फाइनल जितपछि विशेष तरिकाले सेलिब्रेट गरेका छन् । उनले उपाधि जितेपछिको सेलिब्रेसनमा आफ्नी प्रेमिकालाई पनि सहभागी गराए ।

क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगे। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औंठी लगाइदिए, विवाह प्रस्ताव राखे।

किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।  कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको यो वर्ष विवाह गर्ने योजना छ। किरणले आफ्ना नजिकका साथीसँग यो वर्ष विवाह गर्ने बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>