Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्यो,सडक सूचारु हुन समय लाग्ने

Banner

चितवन,साउन १७-

लगातारको बर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डको दुई ठाँउमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

हिजो सोमबार पनि पहिरोका कारण सडकखण्ड केहीबेर अबरुद्ध बनेको थियो । दुई दिनदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन र सकेसम्म बैकल्पिक सडकबाट यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>