चितवन विशेष
लियो क्लव अफ भरतपुरले अनाथ बालबालिकालाई खुवायो खीर

चितवन, साउन १६–
लियो क्लब अफ भरतपुरले फेलोसिप कार्यक्रम अन्तरगत अनाथ बालबालिकाहरुलाई खीर खुवाएको छ । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरस्थित ब्राइट स्टार सोसाइटी नामक अनाथ आश्रममा साउन १५ को अवसर पारेर खीर खुवाउने र मेहन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको हो ।
क्लवको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रममा उक्त आश्रममा रहेका १५ जाना बालबालिकाहरूलाई खीर खुवाउने तथा मेहेन्दी लगाउने कार्यक्रम गरिएको कार्यक्रम संयोजक लियो पुष्पा कडेंलले जानकारी दिइन् ।
लियो डिष्ट्रिक्ट ३२५ आर, नेपालका डिष्ट्रिक्ट प्रेसिडेन्ट लियो पुरूषोत्तम सुबेदीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा लियो राजेन्द्रश्रेष्ठ, लियो किरण लामिछाने, लियो विज्ञान पौडेल विशेष अतिथिको रुपमा रहेका थिए । क्लबकी निवर्तमानअध्यक्ष शिला न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा लियो सुदिपा पौडेल, दिपेश ज्ञवाली, सुदृष्टी पाण्डेलगायतको उपस्थिति रहेको लियो सुमन रोक्काले जानकारी दिए ।
सोही कार्यक्रममा क्लवकी सचिव पुष्पा कँडेलको जन्मोत्सव समेत मनाएको थियो।