चितवन विशेष

भरतपुरमा निरन्तर झरी परेपछि मेयर दाहालद्वारा नगरवासीलाई सतर्क रहन आग्रह

Banner

चितवन, साउन १६-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वर्षाको क्रम बढ्दै गइरहेकाले नदी, खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छन् ।

भरतपुर क्षेत्रमा धनजनको क्षति हुन सक्ने, महानगरका अधिकांश वडाहरु डुबानमा पर्न सक्ने तथा वडा नं २९ को पहिरोले नोक्सान पार्न सक्ने देखिएको भन्दै उनले स्थानीयलाई सजह र सर्तक रहन आग्रह गरेकी हुन् ।

लगातार वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरुलाई मेयर दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा रहन पनि आग्रह गरेकी छन् । ‘लगातार वर्षा भइरहेको छ’,उनले भनिन्,‘नदीको बहाव पनि बढिरहेको छ सम्पूर्ण सूरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको विपत् व्यवस्थापन प्रतिकार्य इकाइलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्धारमा खटिन तयार रहनुस् ।’
मेयर दाहालले ज्येष्ठ नागरिक, बालबालिका तथा अपाड्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरेकी छन् । प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिति, यूवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई निर्देशन दिएकी छन् । महानगरद्वारा जारी विज्ञप्तिमा जोखिम क्षेत्रमा बसोबास गर्ने नगरवासीहरुले विपद् आइपरेमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीको सम्पर्क नम्बर ९८५५०५८०६६, आपतकालीन सम्पर्क व्यक्तिको मोबाइल नम्बर ९८४४०२१०८१७ र नगर प्रहरी इन्चार्जको मोबाइल नम्बर ९८४९७०२२८४ मा सम्पर्क राख्न भनिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>