Breaking News

नारायणगढको शहिदचोक–धर्मचोक–कचपचे सडक निर्माणः कामदारले पैसा पाएनन्,ठेकदार कम्पनीले काम गरेन

Banner

प्रतिमा कुमाल

चितवन, साउन १६—

नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडक निर्माण चार वर्ष पूरा हुदा पनि सकिएको छैन । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने भए पनि २०७९ साउन १६गते जादा पनि निर्माण पूरा हुन नसकेको हो ।

निर्माणमा खटिएका सरोकारवालाहरु एकले अर्काेलाई दोष दिइरहेका छन् । कामदार र सम्बन्धित ठेकेदारले समयमा कामको भुक्तानी पाएका छैनन् । पारामाउन्ट विल्डर्स बानेश्वर काठमाडौँलाई शिवशक्तिले नालीको स्टक्चरको काम दिएको थियो । तर, सात महिनादेखि पैसा नदिएको पारामाउन्टका प्रबन्ध निर्देशक सबिन केसीले नारायणी अनलाइनलाई बताए ।

पारामाउन्टले एक करोड २० लाखसम्मको काम गरेको छ । काम गरेको लक्ष्मी माविदेखि बैकुन्ठ चोकसम्म करिब दुई किलोमिटर नालाको काम यसले गरेको थियो । काम गरे अनुसार ४५ लाख रुपैयाँ अझै पाउन नसकेको केसी बताउँछन् । ठेक्का तोडेर धर्म चोकमै कोठा भाडामा लिई केसी कामको पैसा पाइहालिन्छ की भनेर प्रतिक्षामा छन् ।

लामो समयसम्म ठेकेदारले पैसा नदिँदा ढुङ्गा, गिटी, बालुवा, कामदारलाई रकम बुझाउन नसके पछि काम छोडेको उनको भनाइ छ । उनले भने, ‘भने जस्तो क्वान्टिटी दिँदैन, पैसा झुलाइदिँदा घाटामा गइयो । श्रमिकलाई पेमेन्ट गर्न सकिएन, काम गर्न पनि सकेनौं ।’

यसबाटो निमार्णको क्रममा चार जना इञ्जिनियर फेरिसकेको जेभीले पैसा माग्दा फोन नउठाउने, पूरानै इञ्जिनियर चाहिने भन्ने गरेको उनको गुनासो छ । इञ्जिनियरसँग आफूले सम्झौता नगरेकाले ठेकेदारले बहाना बनाई झुलाउने काम गरिरहेको उनको जीकिर छ । यस्तै भरतपुर महानगरपालिका–४ धर्मचोककी स्थानीय विष्णु केसीले रासनको पैसा पाएकी छैनन् । बाटो बनाउने क्रममा ३५ जनालाई उनले रासन प्रदान गेरेकी थिइन् । जसकोे करिब ६० हजार लिन बाँकी रहेको केसीको भनाइ छ । चार वर्षसम्म बाटो पनि पूर्ण नहुनु र रासनको पैसा पनि नपाउनाले आजित बनाएको बताए । फोन गरे कुरा भोलिवादमै सकिने गरेको उनको भनाइ छ ।

होटल व्यवसायी भुवन बजगाइँले पनि एक लाखभन्दा बढी रकम लिन बाँकी छ । कामदारलाई खाना, खाजा खुवाएका उनले २०७८ कात्तिकबाट पैसा नपाएको बताए । भाडामा होटल सञ्चालन गर्दै आएका बजगाइँले समयमा पैसा नदिँदा घरभाडा तिर्न, बच्चाहरुको विद्यालयको फिस तिर्न, उदारो लिएको ठाउँमा रासनको पैसा बुझाउन नपाएको गुनासो गरे ।

कामदारलाई डेरा दिएका स्थानीय बसन्त सापकोटाले पनि ६० हजार रुपैयाँ ठेकेदारबाट लिन बाँकी छ । निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले भने बद्नाम गर्ने काम भएको आरोप लगाएका छन् । भ्रामक कुरा गर्नभन्दा कागजातसहित आउन उनले आग्रह गरेका छन् । उनले भने, ‘ठेकेदार कम्पनीको नाम बद्नाम गराइयो, प्रहरीमा समेत यस विषयमा केस परेको थियो । बोलाउदा सम्पर्कमा आउँदैनन् । काकजसहित आउनुप¥यो भ्रमित पार्न भएन । सबै गरेर शिवशक्तिले तिर्न करिब ढेड लाख जति रहेको उनको भनाइ छ ।

करिब तीन हजार १०० मिटरको यस बाटोको सम्झौता २०७५ साल वैशाख २६ गते भएको थियो । १० मिटर चौडाइको यस बाटो निमार्णको लागि सडकको दुवै तर्फ ६ देखि ७ फिट गहिरो ढल खनिएको छ । अब बैकुण्ठ चोकदेखि धर्मचोकसम्म ५०० मिटर बाटो बन्न बाँकी रहेको छ । भदौंसम्म काम सम्पन्न हुने ठाकुरले बताए । अहिले नालीको काम हँुदै छ । तीन दिनदेखि निरन्तर पानी परिरहेकाले काम अहिले भने रोकिएको छ ।

निर्माण आयोजनाका लेखाअधिकृत होमनाथ पौडेलले सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नं. २ अन्तर्गतको सात योजनामध्ये एक रहेको जानकारी दिए । जसकालागि सरकारले ९९ करोड, ९७ लाख, चार हजार ९०९ दशमलब ५२ रुपैँयाँ कुल लागत रकम अनुमान गरेको थियो । भ्याटसहित ६८ करोड, २३ लाख, १५ हजार ८२४ दशमलब १६ रुपैयाँमा सम्झौता भएको थियो । शहिदचोकदेखि बैकुण्ठ चोक, धर्मचोक र कचपचे चोकसम्मको बाटोका लागि भने मूल्य समायोजनसहित ४९ करोड ४३ लाख ३३ हजार ९९ रुपैयाँ भुक्तानी गरेको पौडेलले जानकारी दिए । ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार ५७४ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>