Breaking News
नारायणगढबाट धादिङ जाँदै गरेको रिजर्भ माइक्रो बस त्रिशुली नदीमा खस्यो
०

चितवन, साउन १६–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ ।
दुर्घटनामा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर ल्याईँदै छ । घटनाको थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>