बजार

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Banner

काठमाडौं,साउन १६-

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल-मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जानकारी दिएको छ ।

अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।

तर, थप पछिल्लो पटक पेट्रोलमा नै प्रतिलिटर १६ रुपैयाँ ७६ पैसाले मूल्य घटेर आएपछि अहिलेकै मूल्यमा बिक्री गर्ने हो भने निगमको घाटा पूर्ति देखिएको छ । निगमका अनुसार यता डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासमा भने अझै निगमलाई घाटा लाग्ने देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>