Breaking News

काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या

Banner

काठमाडौं, साउन १६

तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा आज बिहान एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका श्रीमान,श्रीमती र दुई छोराछोरी गरी चार जनाको मुत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको रहेका छन् ।

प्रहरीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसमर घटनास्थलमा प्रहरी पुगिसकेको र हत्याबारे थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>