देश/प्रदेश
वर्षका कारण म्याग्दीका धेरै ठाउँमा पहिरो, यातायात सेवा प्रभावित
०

पोखरा, साउन १६-
अभिरल वर्षका कारण म्याग्दीका धेरै ठाउँमा पहिरो जाँदा यातायात सेवा प्रभावित बनेको छ ।
जिल्ला सदरमुकाम बेनीदेखि अन्तरजिल्ला र पालिकाहरु जोड्ने सडकहरु वर्षका कारण पहिरा गएर अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो ।
वर्षात्का कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दुरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ-ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको छ । पालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम सडकक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>