अन्तर्राष्ट्रिय
अफ्रिका: गाईवस्तु चोरले गाउँलेलाई घरमा थुनेर गरे आगजनी, ३२ जनाको मृत्यु
०

अफ्रिका, साउन १६-
पूर्वी अफ्रिकीको राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लाको एम्बोलोटेरेकेली गाउँमा एक आपराधिक समूहले घरमा आगजनी गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार अपराधीहरूले मानिसहरूलाई तीनवटा झुपडीमा जबरजस्ती थुनेर झुपडीमा आगो लगाएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।
माडागास्करका रक्षामन्त्री जनरल लियोन जीन-रिचर्ड राकोटोनिरिनाले घटना गाईवस्तुको चोरी कार्यमा संलग्नहरुले गराएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>