देश/प्रदेश

बिहानको भूकम्पपछि पटक-पटक परकम्प, क्षतिको विवरण सङ्कलन गरिदैँ

Banner

खोटाङ, साउन १५-

आज (आइतबार) बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । बिहानको भूकम्प पछि पनि उक्त क्षेत्रमा पटक-पटक भूकम्प परकम्प गएको हो ।

खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले दिएको जानकारी अनुसार भूकम्प गएलगत्तै पटक-पटक परकम्प गएको छ र यसले भौतिक संरचनामा क्षति पुर्याएको छ । तर, पूर्ण विवरण भने अझै आउन बाँकी रहेको छ ।

त्यस्तै उनी भन्छन,’पानी पनि परिरहेकाले गाउँगाउँमा सम्पर्क गर्न कठिनाइ भएको छ , तर क्षतिको विवरण सङ्कलन गर्नै काम भने भइ रहेको छ ।’

भूकम्पको केन्द्रबिन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>