अर्थ

गौतमश्री सहकारीका सञ्चालक बचतकर्ताको रकम लिएर फरार, बचतकर्ताले दिए विभागमा उजुरी

Banner

काठमाडौँ, साउन १५-

काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको छ ।

सहकारीका सञ्चालकले झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको उजुरी सहकारी विभागमा परेको हो । फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका थिए ।

त्यस्तै गत शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको थियो । सहकारीमा बैंकको कुनै पनि लगानी नभएपनि सहकारी रहेको भवनमा नै सञ्चालित गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर रहेको र सोमा बैंकको लगानी रहेकाले संरक्षणका लागि सिल गरिएको बैंकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>