देश/प्रदेश

उपत्यका मापसे सेवन गरेर स्कुल बस चलाउने चालक कारबाहीमा

Banner

काठमाडौँ, साउन १५-

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने बस चालकलाई कारबाही गरेको छ ।

साउन ८ देखि सुरु भएको कारबाही तथा सचेतना अभियानलाई निरन्तरता दिने क्रममा ट्राफिक प्रहरीले विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो ।

१६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको हुन् । त्यस्तै अब स्कुल बस चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>