Breaking News

गठबन्धनले घाटा लाग्यो, निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता हुँदैनः नेपाल

Banner

काठमाडौँ, साउन १५-

उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताए नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

उनले एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनकै कारण आफ्नो पार्टीलाई घाटा भएकोले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने बताएका हुन् ।

’गठबन्धनले पार्टीलाई घाटा भयो, यदि हामीले आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुन्थ्या, उनले भने । ’ त्यसैले अबको संघरप्रदेशको निर्वाचनमा एकले लड्ने र सबै क्षेत्रमा उम्मेदवारी पनि दिने उनको भनाइ छ । उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताए ।

त्यस्तै ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ , तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, उनले भने ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>