Breaking News

आज चितवन,नवलपरासीका साना नदीहरूमा पनिको बहाव बढ्ने

Banner

चितवन,साउन १५-

देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार
चितवन र नवलपरासीका साना नदीहरुमा पानीको बहाब बढ्नेछ । आज सिम्लेस्थित अरुण, बुस्तीस्थित तामाकोसी, दिपायलस्थित पश्चिम सेती, मैनाचुलीस्थित कन्काई, बेलस्रोतस्थित कमला नदी, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज इलाम, झापा, संखुवासभा, उदयपुर, सिन्धुली, तनहुँ, कास्की, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । यस्तै, मधेस प्रदेशको तराई भूभाग भई बहने केही साना नदीहरूमा समेत बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>