चितवन विशेष

गैँडाकोटका वास्तुशास्त्री सोतीले पाए उत्कृष्ट अनुसन्धान गरेर अमेरिकाबाट स्वर्ण पदक

Banner

चितवन, साउन १४-

गैँडाकोटका वास्तुशास्त्री लक्ष्मीप्रसाद सोतीले अमेरिकाबाट स्वर्ण पदक पाएका छन् ।

वास्तु र ज्योतिष विज्ञानको गहिराइमा रही उत्कृष्टअनुसन्धान गर्ने विश्वका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको स्वर्ण पदक यो पटक नेपालका वैज्ञानिक वास्तु विशेषज्ञ सोतीले पाएका हुन् । पेशाले सिभिल इञ्जिनियर र वास्तुशास्त्रीसमेत रहेका गैँडाकोट निवासी सोती गैँडाकोट नगरपालिकामा यसअघि काम पनि गर्दथे । उनी अहिले नेपाल ज्योतिष परिषद्अन्र्तगत वास्तुविभागको प्रमुख समेत रहेका छन् ।

सोतीलाई वास्तु र ज्योतिषको क्षेत्रमा अनुसन्धान गरी नयाँ र तथ्यगत कुराहरु प्रदान गरी लिपिबद्ध गर्ने अमेरिकी संस्था इन्टरनेसनल एस्ट्रोलोजी फेडेरेसन आईएफ आईएनसीबाट अवार्ड पाएका छन् । उनलाई एशियाको उत्कृष्ट वास्तु कनसल्टेन्टको रुपमा वास्तु विलिनियर अवार्ड सहित स्वर्ण पदक प्रदान गरिने जनाइएको छ ।

उनले घर बनाउँदा शिलन्यासको महत्व, शिलान्यास कहाँ गर्नुपर्छ, गलत ठाउँमा शिलान्यास गर्दा उक्त घरमा बस्ने ब्यक्तिले कस्तो फल भोग्नुपर्छ, पृथ्वी र सूर्यको गतिलाई हेरेर कहिले कुन ठाउँमा नया घर निर्माण गर्दा पहिलो पत्थर राख्ने भन्ने विषयमा ५०० वटा घरहरुको घर नक्सासहित स्थलगत रूपमै अनुसन्धान गरेका हुन् । हामी धेरै आशा अनी खुसीका साथ आफ्नो जिन्दगी भरको कमाईबाट नयाँ घर निर्माणको सुरुवात गर्छौ । तर त्यो शिलान्यास अर्थात सुरुवात गर्ने दिशानै गलत भयो भने त्यसको गलत परिणाम त्यो घरमा बस्नेले भोग गर्नुपर्ने उनको दाबी छ । तसर्थ नयाँ घरको शिलान्यास गर्दा त्यो समयको सूर्य र पृथ्वीको गतिको आधारमा शिलन्यास बिन्दु पत्ता लगाई जग पूजा गर्नुपर्छ अथवा नयाँ घरको पहिलो पत्थर राख्नुपर्छ भन्ने तर्कलाई उनले आफ्नो अनुसन्धानमा तथ्यगत तरिकाले पुष्टि गरेका छन् ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका कोषाध्यक्ष भूपेन्द्रराज घिमिरेले पेसाले इञ्जिनियर पनि भएकोले सोतीको वास्तुशास्त्रमा राम्रो अध्ययन र अनुसन्धान रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।

सोतीले नेपाल, अमेरिका, भारत, क्यानडा, चीन, फिलिपिन्स, अस्ट्रेलिया, यूकेलगायत थुप्रै देशहरुका घर अफिस होटल स्कुल बैँक हस्पिटलहरुको बिना तोडफोड वैज्ञानिक प्रविधिबाट वास्तु मिलाउने काम गर्दै आइरहेको ज्योतिष परिषद्ले जनाएको छ । सोतीले कतिपय हास्पिटलमा ठीक हुन नसकेका जटिल रोगहरु घरको वास्तु मिलाएरै ठीक बनाउदै आइरहेको दाबी गर्दै आएका छन् । उनले घर बनाउँदा वा ब्यापार बिजनेस गर्दा उक्त घरको उर्जा ब्यस्थापन सही ढंगले गरिएमा थप सफलता हासिल गर्न सकिने बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>