चितवन विशेष
चितवनमा बजार प्रवद्र्धन सम्बन्धी एक्सपर्ट सेमिनार हुने

चितवन, साउन १४–
उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा ‘बजार प्रवद्र्धन सम्बन्धी एक्सपर्ट सेमिनार’ हुने भएको छ ।
यही साउन १७ गते उद्योग वाणिज्य संघको सभाहलमा सेमिनार हुन लागेको हो । सेमिनार विहान ११ देखि १ बजेसम्म चल्ने संघका प्रमुख कार्यकारी अधिकृत निलबहादुर केसीले जानकारी दिए ।
सेमिनारमा क्यानडाका मार्केटिङ एशोसियसनका काउन्सील सदस्य, चार्टर्ड मार्केटर प्रोफेशर डा.तुलसी धरेलले मार्केटिङका बारेमा विशेष प्रशिक्षण दिनेछन् । आफ्नो व्यापार, व्यवसाय बढाउन कसरी मार्केटिङ गर्ने भन्ने बारेमा प्रशिक्षण दिने प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
धरेल लामो समयदेखि क्यानडामा रहेर मार्केटिङ विषयमा प्राध्यापन गराउँदै आएका छन् । उनले नेपालमा कसरी मार्केटिङ बलियो बनाउने भन्ने अभियानमा समेत लागि परेका छन् । एनएमए इन्टरनेशनल एडभाईजर, एकेडेमिक गर्भनर समेत रहेका डा.धरेल चितवन निवासी हुन् । उनी चितवनकै पुरानो नारायणगढ लियो क्लवका संस्थापक अध्यक्ष समेत हुन् ।
सेमिनारमा एक सय भन्दा बढी उद्योग वाणिज्य संघका सदस्यहरुको सहभागिता रहने छ ।