Breaking News
स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना: १ जनाको मुत्यु, १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर
०

दाङ , साउन १४-
प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाका अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना भएको हो ।
जीप दुर्घटनामा परी रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । हाल घाइते १४ जना मध्य १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । जीपमा १७ जना सवार थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>