चितवन विशेष
हरियाली र सौन्दर्यका लागि सौराहाको थारु संग्रहालयमा वृक्षरोपण
०

चितवन, साउन १४–
पर्यटकीय क्षेत्र रत्न्ननगर–६ बछौलीमा रहेको थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र परिषरमा शनिबार वृक्षरोपण गरिएको छ । थारु कला र संस्कृतिको जर्गेना गर्दै आइरहेको संग्रहालयलाई हरियाली र सुन्दर बनाउनको लागि वृक्षरोपण गरिएको हो ।
कलमी आँप, लिची र एभोकाडो लगाएत फलफूलको बिरुवा रोपिएको संग्रहालयका सचिव दिपेन्द्र कुमार चौधरीले जानकारी दिएका छ्न । कार्यक्रममा ६० थान फलफूलका बिरुवाहरु स्थानीय महिला समूहरुलाई वितरण गरिएको छ । फलफूलका बिरुवाहरु वितरण गर्दै संग्रहालयका अध्यक्ष खिलेन्द्रराज चौधरीले बढ्दो जलबायू परिवर्तन न्यूनीकरण गर्न बिरुवाको अत्यन्तै महत्व भएकोले बिरुवालाई राम्रोसंग हुर्काउन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संग्रहालयका सम्पूर्ण पदाधिाकारी तथा स्थानीय महिला समूहरुको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>