नवलपुर

नवलपुरको गैडाकोटमा घाँस काट्ने प्रतियोगिता हुँदै,दर्ता गर्दा एक लिटर दुध अनिवार्य

Banner

नवलपुर,साउन १४-

नवलपुरको गैडाकोटमा घाँस काट्ने प्रतियोगिता हुने भएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र गैडाकोट १२ हर्कपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । साउन १५ गते हुने प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना भएको आयोजकको दाबी छ ।

श्री स्वस्थानी घाँस स्रोतकेन्द्रका प्रोपाइटर विष्णु भट्टाका अनुसार किसानको सम्मानस्वरुप प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा चार समूहको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागिले एक लिटर दुध लिएर दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार,दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>