Breaking News
नेपालमा बाघको संख्या ३५५ पुग्यो, चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै
०

काठमाडौँ, साउन १३-
विश्व बाघ दिवसको अवसर पारेर आज (शुक्रबार) बाघको संख्या सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो ४ वर्षमा नेपालमा १२० बाघ थपिएर बाघको संख्या ३५५ गुगेको हो ।
सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>