देश/प्रदेश
एसईईको नतिजा चित्त नबुझेकाले प्रतिविषय ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिने
०

काठमाडौँ, साउन १३-
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्ताङ्क (ग्रेड) मा चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले उपलब्ध गराएको छ ।
आज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको हो ।
त्यसका लागि विद्यार्थीले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन सक्ने छन् । जस्का लागि प्रतिविषय ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>