चितवन विशेष
एमाले भरतपुर महानगर कमिटीको उपसचिवमा नेता ढकाल चयन
०

चितवन,साउन १३-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर महानगर कमिटीको सहसचिवमा नेता नवराज ढकाल चयन हुनुभएको छ । महानगर कमिटीको पदाधिकारी बैठकले उहाँलाई उपसचिवमा चयन गरेको हो ।
भरतपुर वडा नम्वर २ निवासी ढकाल २०५० सालदेखि पार्टीमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि टोलकमिटी, क्षेत्रिय कमिटी हुँदै जिल्ला अधिवेशन आयोजक कमिटीको सदस्य समेत भएर काम गर्नुभएको छ । युवा संघको बागमती प्रदेश कमिटी सदस्य समेत भइसक्नुभएको छ । ढकाल दुई कार्यकाल देवघाट क्षेत्र विकास समितिको सदस्य समेत हुनुभयो । गणेशधाम,बागेश्वरी लगायतका धार्मिक संघसंस्थामा ढकाल सक्रिय भएर काम गरिरहनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>