समाचार

सशस्त्र प्रहरी बलले माग्यो स्थायी पदपूर्तिका लागि आवेदन

Banner

काठमाडौं,साउन १३-

सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स)का लागि आवेदन आह्वान गरिएको हो ।

निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्नेछ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोट शाखा, हलचोकमा पुगेर आवेदन दिन सकिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>