राजनीति

देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा पुगेको सागर भन्छन्ः थाकेका देउवालाई आराम दिन यहाँ आएँ

Banner

डडेल्धुरा,साउन १२-

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न सागर ढकाल डडेल्धुरा आइपुगेका छन्। देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै ५ वर्षअघि प्रश्न गरेका ढकाल आगामी प्रतिनिधिसभा निर्वाचनमा उनीसँगै चुनावी प्रतिस्पर्धा गर्न यहाँ आएका हुन्।

५ वर्षअघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका ढकालले बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका हुन्। उनी बुधबार बस चढेर डडेल्धुरा सदरमुकाम खलंगा आइपुगेका थिए। पत्रकार सम्मेलनमा उनले मुलुक हाँक्न ४० वर्षमुनिका युवा आवश्यक रहेको बताए। उनले आगामी संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पूरै नयाँ’ अभियानसहित ३ वटा मुद्दा लिएर अगाडि बढेको बताए।

जसमा वातावरण विकाससँगसँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुवा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन्।

शेरबहादुर देउवालाई आराम दिन आएको उनको दाबी छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतलाई आराम दिन देशभर युवा उठाउने अभियान शुरु गरेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>